पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन

पाेखरा | भदौ ४, २०७९

पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन


पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ । 

 

आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।

 


सो सम्मेलनको  कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।  

 

यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र  राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने । 


समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका  सह सचिव प्रेम विश्वकर्माले बताए । 

 

यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ । 

 


उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्